समाचार

जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ

२०८२ भदौ १२ गते १४:२४

काठमाण्डू, १२ भदौ– प्रहरीले नुवाकोटको एक होटलमा जुवा खेलेको आरोपमा २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले...

विद्याबारे प्रधानमन्त्री ओलीले नबोलेको कुरा समाचारमा आयोः ओलीको सचिवालय

२०८२ भदौ १२ गते १४:२०

काठमाण्डू, १२ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डूका विधान महाधिवेशन प्रतिनिधिसँग गरेको भेटघाटमा आफूले नबोलेका भनाइलाई हवाला लिँदै भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले खण्डन गरेको छ । विधान महाधिवेशनको पूर्वसन्ध्यामा बुधबार बेलुका ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा काठमाण्डू...

पशुपतिको सत्तलमा भेटियो एक महिलाको शव

२०८२ भदौ १२ गते १४:०९

काठमाण्डू, १२ भदौ– काठमाण्डू महानगरपालिका–८ पशुपतिमा एक महिला मृत अवस्थामा फेला परेकी छन । पशुपति आर्यघाट नजिकैको सत्तलमा अन्दाजी ४५ वर्ष जतिकी महिला मृत फेला परेकी प्रहरीले जनाएको छ । मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । आज बिहीबार बिहान मृत भेटिएकी...

रास्वपा नेता अरनिको पाँडे पक्राउ

२०८२ भदौ १२ गते ५:४३

काठमाण्डू, १२ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडे पक्राउ परेका छन् । पाँडेलाई प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । एक महिलाले दिएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिए । पाँडेले सामाजिक सञ्जालमार्फत...

प्रधानमन्त्री ओली १४ भदौमा चीन जाने

२०८२ भदौ ११ गते १८:३८

काठमाण्डू, ११ भदौ– प्रधानमन्त्री केपी ओलीले आगामी १४ देखि १८ भदौसम्म चीन भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ओली भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो । प्रधानमन्त्री ओली ‘सांघाई सहयोग शिखर सम्मेलन’ मा भाग लिन चीन जान लागेका हुन् ।...

पक्राउ परेको केही घण्टामै छुटे ऐन महर

२०८२ भदौ ११ गते १८:३१

काठमाण्डू, ११ भदौ– महिलाको उजुरीमा पक्राउ परेका एमाले केन्द्रीय सदस्य ऐन महर रिहा भएका छन् । उनी हाजिरी जमानीमा छुटेका हुन् । पूर्वप्रेमिकाले प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीका आधारमा उनी बुधबार पक्राउ परेका थिए । प्रहरीले महरलाई चरित्र हत्यामा संलग्न देखिएकाले विद्युतीय कारोबार ऐन–२०६३...

रुबीको हत्या आरोपी लक्ष्मणको पनि मृत्यु

२०८२ भदौ ११ गते १८:२१

रौतहट, ११ भदौ– रौतहटमा सुटकेसभित्र शव भेटिएकी रूबीकुमारी साहको हत्या आरोपी युवकको पनि मृत्यु भएको छ । जलेर घाइते अवस्थामा भेटिएका लक्ष्मण पासवानको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले उनलाई बुधबार बिहान जलेको अवस्थामा भेटेर नियन्त्रणमा लिएको थियो । उनलाई उपचारका लागि...

माओवादीलाई विश्वास नगरे देश बच्दैन : प्रचण्ड

२०८२ भदौ ११ गते १६:५९

काठमाण्डू, ११ भदौ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गरेका छन् । बुधबार काठमाण्डूमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवादलाई सम्बोधन गर्दै उनले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने जिकिर गरे । ‘अहिले माओवादीअनुसारको पाठ्यक्रम...

एमाले नेता ऐन महर पक्राउ

२०८२ भदौ ११ गते १६:३१

काठमाण्डू, ११ भदौ- एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महरविरुद्ध जिल्ला अदालत काठमाण्डूले बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । महरविरुद्ध एक महिलाले बलात्कार र साइबर अपराध कसुरमा कारबाही माग गर्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दायर गरेकी थिइन् ।...

सत्ताको आडमा जोगिँदै आएका एमाले नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी

२०८२ भदौ ११ गते १५:३५

काठमाण्डू, ११ भदौ- एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बझाङ निवासी रश्मिला धामीले दिएको जबर्जस्ती करणी तथा गालीबेइज्जती र चरित्रहत्या सम्बन्धी मुद्दाका आधारमा महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सत्ताको आडमा जोगिँदै आएका महरविरुद्ध काठमाण्डू जिल्ला अदालतले पक्राउ...

जनयुद्धलाई आतंककारी गतिविधि भनिएकामा प्रचण्डको आपत्ति

२०८२ भदौ ११ गते १५:२९

काठमाण्डू, ११ भदौ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधिका रुपमा मात्र व्याख्या भएकामा आपत्ति जनाएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले माओवादी संघर्ष सामाजिक रुपान्तरणको मुख्य बाहक भएको बताए । ‘जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या गर्ने प्रवृत्ति अझै...

चितवनबाट दुई किशोरी बेपत्ता, काठमाण्डूमा देखियो अन्तिम लोकेशन

२०८२ भदौ ११ गते १४:०१

चितवन, ११ भदौ– चितवनबाट दुई किशोरी बेपत्ता भएका छन् । १६ वर्षीया रिना थापा र १३ वर्षीया रोशनी विक मंगलबारदेखि बेपत्ता भएका हुन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिक–७ स्थायी घर भएका उनीहरु भरतपुर महानगरपालिका–१० नहारचोक बस्दै आएका थिए । चितवन प्रहरीका एसपी गोविन्द पुरीका अुनसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us