समाचार

महिलाको हत्या गरी सुटकेशमा शव राखेर फरार व्यक्त जलेको अवस्थामा भेटिए

२०८२ भदौ ११ गते १०:३६

काठमाण्डू, ११ भदौ– रौतहटको माधवनारायण नगरपालिका–६ माधवपुरकी २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेशभित्र भेटिएको घटनामा संलग्न आरोपी जलेको अवस्थामा फेला परेका छन् । रौतहट प्रहरीका सूचना अधिकारी डिएसपी राजु कार्कीले जिल्लाको माधवनारायण नगरपालिका–६ माधवपुरका लक्ष्मण पासवान बिसुनपरवा–मानपुर सडक खण्डमा जलेको अवस्थामा भेटिएको बताए ।...

मोटरसाइकल दुर्घटनामा स्ववियु सभापतिसहित दुईको मृत्यु

२०८२ भदौ ११ गते ८:३७

दोलखा, ११ भदौ– दोलखामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लामोसाँघु–जिरी सडकअन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा बा५३प८८९९ र बा.प्र.०२०३४प३२४२ नम्बरको मोटरसाइकल गएराति आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्यामबहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४...

एकाएक किन स्थगित भयो एमाले केन्द्रीय कमिटी बैठक ?

२०८२ भदौ १० गते २१:३५

काठमाण्डू, १० भदौ– एमालेले यही भदौ १३ गते बोलाएको १०औँ केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।...

वीरगञ्जका विद्यालय थप तीन दिन बन्द

२०८२ भदौ १० गते २१:२४

वीरगञ्ज, १० भदौ–पर्साको वीरगञ्ज महानगरपालिकाले हैजा संक्रमणलाई मध्यनजरमा राखेर विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबार सम्मका लागि बिदा दिइएको बताए ।...

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

२०८२ भदौ १० गते १८:१६

काठमाण्डू, १० भदौ– वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाण्डू महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले छन् । पक्राउ परेकामध्ये...

मन्त्रिपरिषदमा हेरफेर हुँदैनः प्रकाशमान

२०८२ भदौ १० गते १८:०३

काठमाण्डू, १० भदौ– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रिमण्डलमा हेरफेर हुने सम्भावना नरहेको बताएका छन् । नेपाल महिला संघकी संस्थापक मंगलादेवी सिंहको २९औं स्मृति दिवसका अवसरमा शोभाभगवती रहेको सिंहको सालिकमा माल्यार्पण गरेपछि सिंहले मन्त्रिमण्डल हेरफेर नहुने बताएका हुन् । काँग्रेसका मन्त्रीहरु हेरफेरको कुनै...

भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि अर्थले थाल्यो छलफल

२०८२ भदौ १० गते १७:५१

काठमाण्डू, १० भदौ– भैरहवास्थित गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...

विपिनलाई रिहा गर्न राष्ट्पतिले थाले प्रयास

२०८२ भदौ १० गते १७:४६

काठमाण्डू, १० भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले राजा अब्दुल्लाहलाई एक पत्र पठाउँदै जोशीको अवस्थाको पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीको लागि पहल गरिदिन...

अटोरिक्सा दुर्घटनामा एकको मृत्यु

२०८२ भदौ १० गते १७:३८

सुनसरी, १० भदौ–धरान उपमहानगरपालिका–१४ विजयपुर चोकमा मंगलबार अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को१ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को३७प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा...

आर्थिक अनियमितताको आरोपमा एसपी सिलवाल छानबिनमा तानिए

२०८२ भदौ १० गते १७:३५

काठमाण्डू, १० भदौ– आर्थिक अनियमिततामा मुछिएको भन्दै प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) माथि छानबिन थालिएको छ । एसपी राजकुमार सिलवालमाथि छानबिन गर्न फरकफरक ५ समिति गठन भएका छन् । सिलवाल मधेश प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको प्रमुख थिए । मधेस...

राज्य व्यवस्था समिति सभापतिमा न्यौपाने निर्विरोध, माओवादी र रास्वपाको भित्री समर्थन

२०८२ भदौ १० गते १७:२४

काठमाण्डू, १० भदौ–संसदको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा काँग्रेस सांसद् ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकामा न्योपानेको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएको संसद सचिवालयले जनाएको छ । संघीय संसदका प्रवक्ता एकराम गिरीले...

चौतर्फी विरोधपछि पछि हट्यो सरकारः इम्बोस्ट जडान नगर्नेलाई जरिवाना हुँदैन

२०८२ भदौ १० गते १७:१४

काठमाण्डू, १० भदौ– यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारी धनीलाई जरिवाना नलाग्ने बताएको छ । विभागका महानिर्देशक राजिव पोखरेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै समयमै इम्बोस्ट नम्बर नजोडे जरिवाना लाग्ने भन्ने हल्ला निराधार भएको दाबी गरेको हो । विभागले यसअघि आगामी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us