समाचार

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी

२०८२ असोज ९ गते १६:३२

काठमाण्डू, ९ असोज– सरकारले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखक सहित प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार...

कांग्रेस चुनावबाट भाग्दैनः उपसभापति खड्का

२०८२ असोज ९ गते १५:०१

काठमाण्डू, ९ असोज– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन । उनले चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्न नहुने पनि बताएका छन । जेनजीको आन्दोलनपछि आगलागीबाट क्षतिग्रस्त सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग धारणा राख्ने...

पुनर्निर्माण कोषमा योगदान गर्न मन्त्री कुलमानको आह्वान

२०८२ असोज ९ गते १४:४५

काठमाण्डू, ९ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सबैलाई आह्वान गरेका छन । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।...

प्रचण्डको प्रस्तावमा नारायणकाजी र जनार्दनको असहमति

२०८२ असोज ९ गते १४:३५

काठमाण्डू, ९ असोज– आज (बिहिबार) बाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमm दाहाल प्रचण्डले प्रस्ततु गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति राखेका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव...

नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण गरिँदै

२०८२ असोज ९ गते १४:१९

काठमाण्डू, ९ असोज– सरकारले दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी गरेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ...

चन्द्रागिरिमा जग्गा विवाद हुँदा महिलाको हत्या

२०८२ असोज ९ गते १४:०८

काठमाण्डू, ९ असोज– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा एक जना महिलाको हत्या भएको छ । चन्द्रागिरि नगरपालिका–६ चेकपोस्ट महादेवस्थान घर भएर खहरे थापागाउँमा माइतीघरमा बस्दै आएकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । हत्यामा संलग्न आरोपमा दहचोक...

नारायणकाजी श्रेष्ठको प्रस्तावः फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं

२०८२ असोज ९ गते १४:०२

काठमाण्डू, ९ असोज– आज (बिहिबार) बाट काठमाण्डूको प्रज्ञा भवनमा सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पूर्व मन्त्री एवं पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन् । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु...

प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छः वर्षमान पुन

२०८२ असोज ९ गते १३:५१

काठमाण्डू, ९ असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न प्रेरित गरेको बताएका छन । आज (बिहिबार)बाट काठमाण्डूको प्रज्ञा भवनमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा विकसित परिस्थितिबारे सञ्चारकर्मीसँग बोल्दै जेनजीले अघि सारेका माग सकारात्मक...

योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल

२०८२ असोज ९ गते १३:४४

काठमाण्डू, ९ असोज– पूर्व मन्त्री एवं एमाले सचिव योगेश भट्टराईले एमाले पुनःगठनको अपिल गरेका छन् । आज (बिहिबार) एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले पुनः गठनको लागि अपिल गरेका हुन । जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल...

बाबुरामको सुझावः संविधानको रक्षा गर्न बालेन–हर्क मिल्नुस्

२०८२ असोज ९ गते १३:३७

काठमाण्डू, ९ असोज– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका निर्वतमान अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह, हर्क साम्पाङसहितका नयाँ शक्तिलाई मिल्न सुझाव दिएका छन् । जेनजी आन्दोलनको म्यान्डेड अनुसार वैकल्पिक नयाँ शक्तिहरूबीच सहकार्य वा मोर्चा बनाउन आवाश्यक रहेको...

थोत्रा र पुराना दलहरुलाई टाउको उठाउन दिनु हुन्नः बाबुराम भट्टराई

२०८२ असोज ९ गते १३:३४

काठमाण्डू, ९ असोज– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका निर्वतमान अध्यक्ष डा.बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने तर्क गरेका छन । आज (बिहिबार) पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएपछि पहिलो पटक पत्रकारसम्मेलन गर्दै उनले यस्तो तर्क...

माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने

२०८२ असोज ९ गते १३:२७

काठमाण्डू, ९ असोज– नेकपा माओवादी केन्द्रले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने तयारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै यस्तो नीतिका लागि केन्द्रीय समितिको जारी बैठकमा प्रस्ताव प्रस्तुत गरेका हुन । प्रचण्डले नै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव समेत केन्द्रीय समितिको बैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us