काठमाण्डू, ९ असोज– नेपाल वायुसेवा निगमले आफ्नै खर्चमा ३९ जनाको डफ्फा बोकेर चीनको ग्वान्झाउमा पहिलो उडान गर्ने तयारी गरेको छ । आज बिहीबार राति १० बजे हुने उद्घाटन उडानमा निगमले पर्यटन मन्त्रालयका एक प्रतिनिधि, निगमका सञ्चालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकार, पत्रकार...
काठमाण्डू, ९ असोज– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ । मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएपछि बसेको यो पहिलो बैठक हो ।...
काठमाण्डू, ९ असोज– गत ५ असोजदेखि बेपत्ता भएका सिरहा गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका अभिषेक सिंह ७ असोज बिहान घर नजिकैको आँप बगैँचामा मृत अवस्थामा भेटिए । उनको शव फेला परेपछि गाउँभरि सनसनी मच्चियो । प्रहरी टोली तत्कालै घटनास्थल पुगेर अनुसन्धान सुरु गर्याे । अनुसन्धानका...
काठमाण्डू, ९ असोज– सरकारले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग...
काठमाण्डू, ९ असोज– सरकारले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखक सहित प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार...
काठमाण्डू, ९ असोज– पूर्व मन्त्री एवं नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस चुनावबाट नभाग्ने बताएका छन । उनले चुनावका लागि सरकारले वातावरण बनाउनुपर्ने बताउँदै लोकतान्त्रिक दल चुनावबाट भाग्ने प्रश्न नहुने पनि बताएका छन । जेनजीको आन्दोलनपछि आगलागीबाट क्षतिग्रस्त सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग धारणा राख्ने...
काठमाण्डू, ९ असोज– ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सबैलाई आह्वान गरेका छन । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको हो । सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।...
काठमाण्डू, ९ असोज– आज (बिहिबार) बाट सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा माओवादी अध्यक्ष पुष्पकमm दाहाल प्रचण्डले प्रस्ततु गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले असहमति राखेका छन् । सुरुमा बोलेका अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव...
काठमाण्डू, ९ असोज– सरकारले दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी गरेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ । आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएको छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ...
काठमाण्डू, ९ असोज– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा एक जना महिलाको हत्या भएको छ । चन्द्रागिरि नगरपालिका–६ चेकपोस्ट महादेवस्थान घर भएर खहरे थापागाउँमा माइतीघरमा बस्दै आएकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । हत्यामा संलग्न आरोपमा दहचोक...
काठमाण्डू, ९ असोज– आज (बिहिबार) बाट काठमाण्डूको प्रज्ञा भवनमा सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पूर्व मन्त्री एवं पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको बताएका छन् । ‘मंसिरमा विशेष महाधिवेशन सम्भव छैन । निर्वाचन पछि महाधिबेशन गर्नु...
काठमाण्डू, ९ असोज– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न प्रेरित गरेको बताएका छन । आज (बिहिबार)बाट काठमाण्डूको प्रज्ञा भवनमा सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा विकसित परिस्थितिबारे सञ्चारकर्मीसँग बोल्दै जेनजीले अघि सारेका माग सकारात्मक...