समाचार

चुनाव चिह्न तारा राख्दा बामदेव गौतम खुसी

२०८२ कार्तिक १७ गते ११:५०

काठमाण्डू, १७ कात्तिक– नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलहरुबीच एकता गरेर बन्ने नयाँ पार्टीको चुनाव चिह्न तारा राख्दा बामदेव गौतमले आफू सबैभन्दा बढी खुसी भएको तर्क गरेका छन । पार्टी एकताको निर्णय गर्न हिजो भएको ८ घटकका नेताहरुको बैठकमा गौतमले आफ्नो खुसी साटेका...

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

२०८२ कार्तिक १७ गते १०:२८

काठमाण्डू, १७ कात्तिक-राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने स्पष्ट पारेको छ । विभागले आज साँझदेखि दैनिक (सार्वजनिक बिदाको दिन बाहेक) राहदानी उपलब्ध गराउने जनाएको हो । विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउनमा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार...

राष्ट्रपति पौडेल कतार प्रस्थान

२०८२ कार्तिक १७ गते १०:११

काठमाण्डू, १८ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा १८ देखि २० कात्तिकसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन पौडेल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई...

प्रचण्ड र माधव नेपालले रोजे वामदेवको माले कालीन चुनाव चिह्न तारा

२०८२ कार्तिक १६ गते २०:०२

काठमाण्डू, १६ कात्तिक– नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपालजवादी पार्टी (नेसपा), विप्लव समूहबाट अलग भएको चिरण पुनसमूहसहित विभिन्न ८ कम्युनिष्ट घटकबीच एकता भएर बन्ने नयाँ पार्टीको चुनाव चिन्ह तारा रहने भएको छ । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित एक...

माओवादी र समाजवादीसहित ८ कम्युनिष्ट घटकबीच पार्टी एकताको सहमतिपत्रमा हस्ताक्षर

२०८२ कार्तिक १६ गते १९:३५

काठमाण्डू, १६ कात्तिक– नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपालजवादी पार्टी (नेसपा), विप्लव समूहबाट अलग भएको चिरण पुनसमूहसहित विभिन्न ८ कम्युनिष्ट घटकबीच पार्टी एकताको सहमति भएको छ । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रमबीच पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको...

अन्तरिम सरकारलाई झट्का, ११ राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२०८२ कार्तिक १६ गते १९:२५

कात्तिक,१६ कात्तिक– सर्वोच्च अदालतले विभिन्न ११ मुलुकमा कार्यरत आवासीय राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिमा आदेश दिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार मुद्दाको अन्तिम किनारा नलाग्दासम्म राजदूत फिर्ताको निर्णय कार्यान्वन नगर्न आदेश दिएको हो । राजदूत फिर्ताको...

केशर महलबाट सिंहदरबारमै सारियो शिक्षा मन्त्रालय

२०८२ कार्तिक १६ गते १६:०२

काठमाण्डू, १६ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार सरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालय सिंहदरबार सरेको जानकारी दिएका हुन् । २४ भदौमा जेनजी आन्दोलनका क्रममा शिक्षा मन्त्रालय पनि जलाइएको थियो । सिंहदरबारको मन्त्रालय आजगनीले ध्वस्त भएपछि...

हिमपातले अवरुद्ध तिलिचो र थोराङ्लाको सडक खुलाउने प्रयास जारी

२०८२ कार्तिक १६ गते १३:४५

मनाङ, १६ कात्तिक- लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ । हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ...

माओवादी र एकीकृत समाजवादीबीच २० कात्तिकमा एकता

२०८२ कार्तिक १६ गते १३:३८

काठमाण्डू, १६ कात्तिक– माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्दबाट चिरण पुनको नेतृत्वमा विद्रोह गरेको समूहबीच आगामी २० कात्तिकमा एकता घोषणा हुने भएको छ । आइतबार कोटेश्वर पेरिसडाँडामा बसेको माओवादी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सो पार्टीका प्रवक्ता अग्नि सापकोटाले २० कात्तिकमा पार्टी एकता घोषणासभा...

जनार्दन शर्माद्वारा पार्टी बैठक बहिस्कार

२०८२ कार्तिक १६ गते १३:२८

काठमाण्डू, १६ कात्तिक– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी सचिवालय बैठक बहिस्कार गरेका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको पूर्वपदाधिकारी बैठक बैठक शर्माले बहिस्कार गरेका हुन् । यसअघि शनिबार बैठकमा आफ्ना कुरा राखेर शर्मा बीचैमा बाहिरिएका थिए । उनको उक्त व्यवहारलाई अराजकताको...

बञ्चरे पुगेर कुलमानले हटाए फोहोरको अवरोध

२०८२ कार्तिक १६ गते १३:१८

काठमाण्डू, १६ कात्तिक– ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरे डाँडामा काठमाण्डू उपत्यकाको फोहोर बिसर्जनमा भएको अवरोध हटाएका छन् । आफूहरुसँग पटकपटक गरेको सम्झौता पालना नभएको भन्दै नुवाकोट र धादिङका प्रभावित क्षेत्रका बासिन्दाले दुई दिनदेखि फोहोर बोकेका टिपर रोकेका थिए...

अटो भीरबाट खस्दा देउरानी जेठानीको मृत्यु

२०८२ कार्तिक १६ गते ८:४३

रुकुम पूर्व, १६ कात्तिक– रुकुम पूर्वको भूमे गाउँपालिकामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् । दुर्घटनामा भूमे गाउँपालिका– १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us