काठमाण्डू, १६ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार सरेको छ ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालय सिंहदरबार सरेको जानकारी दिएका हुन् ।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा शिक्षा मन्त्रालय पनि जलाइएको थियो । सिंहदरबारको मन्त्रालय आजगनीले ध्वस्त भएपछि मन्त्रालय केशर महल सारिएको थियो ।
विज्ञान तर्फका शाखा÷महाशाखा हालका लागि केशर महल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने पनि विज्ञप्तिमा छ । यस्तै सानो ठिमीमा हरेका शैक्षिक अध्ययन अनुमतिपत्र शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा पूर्ववत स्थानबाटै निरन्त सुचारु रहेको सापकोटाले बताए ।