काठमाण्डू, १६ कात्तिक– नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपालजवादी पार्टी (नेसपा), विप्लव समूहबाट अलग भएको चिरण पुनसमूहसहित विभिन्न ८ कम्युनिष्ट घटकबीच पार्टी एकताको सहमति भएको छ ।
माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित एक कार्यक्रमबीच पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।
सहमतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष महिन्द्र राय यादव, नेकपा महासचिव चिरन पुन, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
नेताहरुका अनुसार आगामी १९ कात्तिकमा राजधानीमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गरिनेछ ।