काठमाण्डू, १७ कात्तिक– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी छिन् । वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । छलफल अहिले बैठक...
काठमाण्डू, १७ कात्तिक– एमाले महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीबाट पार्टीमा फर्कन चाहनेहरूलाई ढोका खुला भएको बताएका छन् । आज (सोमबार) एमालेको प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । नेकपा एकीकृत...
काठमाण्डू, १७ कात्तिक– एकताको सहमतिपछि नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच आज (सोमबार) भेटवार्ता भएको छ । संयोजक प्रचण्ड वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथ लिएर माधव नेपालको पार्टी कार्यालय आलोकनगर पुगेका हुन्। माओवादी र नेकपा एससहित ८ पार्टीबीच...
काठमाण्डू, १७ कात्तिक– रुपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका–५ मितेरी टोल बस्ने २९ वर्षीय मदन पौडेल रहेको प्रहरीले जनाएको छ । रुपन्देहीको देवदह नगरपालिका–९ भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३...
काठमाण्डू, १७ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनाल एमालेमा फर्कन तयार भएका छन । नेता खनालले एमालेमा फर्कने सम्भावना रहेको सङ्केत गर्दै त्यसका लागि ‘समाजवादी क्रान्तिको बाटो’ अपनाउनुपर्ने मुख्य सर्त राखेका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा नेता खनालले...
काठमाण्डू, १७ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनमा ‘टीओबी’को टिसर्ट लगाएर आतङ्क मच्चाएको आरोप लागेका तेन्जिङ दावा लामाको डेरा खानतलासी गर्दा प्रहरीले ‘गाँजा’ फेला परेको छ । प्रहरीले उनलाई असोज २६ मा पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद लिएर...
काठमाण्डू, १७ कात्तिक– प्रहरीले कैलालीबाट स्रोत नखुलेको २८ लाख रुपैयाँ नगद सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी पलिया बस्ने बर्ष २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्ता रहेका जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको...
काठमाण्डू, १७ कात्तिक– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै छ । बैठक आज (सोमबार) नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केहीबेरपछि सुरु हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे...
काठमाण्डू, १७ कात्तिक– पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेका छन । पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब...
काठमाण्डू, १७ कात्तिक– कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ...
काठमाण्डू, १७ कात्तिक– कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै बैठक सुरु भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् । नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरु भेला भएका हुन् । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौं’,...
काठमाण्डू, १७ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन । नेपालको संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन हुने गरी तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार...