समाचार

पाङबारी हिमाल आरोहणमा गएका दुई आरोहीको शव फेला

२०८२ कार्तिक १८ गते १३:५४

काठमाण्डू, १८ कात्तिक– गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज भेटिएको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी...

प्रहरी कार्यालय तोडफोड गर्ने ८ जना आफैं पुगे प्रहरीमा

२०८२ कार्तिक १८ गते १३:४२

काठमाण्डू, १८ कात्तिक– गत २३ र २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका ८ जना प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन । प्रहरी वृत्त जगाती तोडफोड गर्नेहरूको पहिचान प्रहरीले गरेको थियो। तोडफोडमा संलग्न रहेको आरोपमा सोमबार प्रहरीले खबर...

सर्वोच्च र काठमाण्डू जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी

२०८२ कार्तिक १८ गते १३:३६

काठमाण्डू, १८ कात्तिक– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा जलेर ध्वस्त भएपछि सर्वोच्च अदालत र काठमाण्डू जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो । दुवै अदालतले जिल्ला प्रहरी...

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश निरौलाको इजलासमा सुनुवाइ हुँदै

२०८२ कार्तिक १८ गते १२:३१

काठमाण्डू, १८ कात्तिक– नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा पेशी तोकिएको छ । शाक्यले आफूलाई कार्यकाल पूरा नगरी हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए । शाक्यले दिएको रिट न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । २०८१...

मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते

२०८२ कार्तिक १८ गते ११:४८

काठमाण्डू, १८ कात्तिक– अर्घाखाँचीको दुर्गाफाँटमा आज बेलुका भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विक रहेको जिल्ला प्रहरी कार्यलय...

राप्रपा महामन्त्री धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक

२०८२ कार्तिक १८ गते ११:३३

काठमाण्डू, १८ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन । राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका राणा निकट उच्च स्रोतले जानकारी दिएको छ । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको स्रोतले जानकारी...

झापा–५ बाट आफुलाई चुनाव हराउन प्रधानमन्त्री कार्कीलाई ओलीको चुनौती

२०८२ कार्तिक १८ गते ११:१५

काठमाण्डू, १८ कात्तिक– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई झापा क्षेत्र नं– ५ बाट चुनाब लडेर आफुलाई चुनाव हराउन चुनौती दिएका छन । पत्रकार रुपेस श्रेष्ठसँगको एक अन्तरवार्ताको क्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री कार्कीलाई यस्तो चुनौती दिएका हुन...

फागुन २१ को निर्वाचनको लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने

२०८२ कार्तिक १८ गते १०:४६

काठमाण्डू, १८ कात्तिक– निर्वाचन आयोगले आगामी २१ फागुन हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने बताएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुनः प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद...

भैरहवाको निर्वाणा होटलमा गोली चल्यो

२०८२ कार्तिक १८ गते १०:४२

बुटवल, १८ कात्तिक– भैरहवाको एक होटलमा गोली चलेको छ । होलट निर्वाणा लक्जरी इन्टरनेसनलमा गएराति गोली चलेको हो । होटलको बाहिरपट्टी दुई समूहबीच हानाहान भएको र एक समूह होटलभित्र पस्न खोजेपछि सुरक्षा गार्डले रोक्न खोजेका थिए । त्यसमध्ये एक समूहले होटलका सुरक्षा गार्ड बुटवल...

दुर्गा प्रसाईंलाई भारतीय नेतृत्वको चेतावनीः राजा फर्काउने अभियानसँग हामीलाई जोडेर झुठो प्रचार गरे राम्रो हुँदैन

२०८२ कार्तिक १८ गते १०:२६

काठमाण्डू, १८ कात्तिक– राजावादी अभियन्ता एवं विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं सुटुक्क दिल्ली पुगेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यम एनडिटिभीले प्रसार्ईं आफ्ना छोरासहित भारतमा रहेको पुष्टि गरेको छ । आगामी ७ मंसिरबाट आन्दोलन घोषणा गरेका प्रसाईंले राजतन्त्रको पक्षमा समर्थन जुटाउन आफू भारत...

कालीगण्डकी जलाधारमा दुर्लभ पन्छी चिरकालिजको १८ जोडी

२०८२ कार्तिक १८ गते १०:०१

काठमाण्डू, १८ कात्तिक- कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको संख्या बढेको छ। नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको संख्या बढेको हो । संघले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन...

काँकडभिट्टा नाकाबाट तीन अर्ब ३६ करोडको कृषिजन्य वस्तु निर्यात

२०८२ कार्तिक १८ गते ७:१५

झापा, १८ कात्तिक- प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us