समाचार

महाधिवेशन नगरी निर्वाचनमा जाने सुविधा हामीलाई छैनः गगन थापा

२०८२ कार्तिक १८ गते १६:४४

काठमाण्डू, १८ कात्तिक– कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जाने सुविधा कांग्रेसलाई नभएको तर्क गरेका छन । कांग्रेस महामन्त्री थापाले २२ भदौ अघि र हालको नेपाल एउटै नभएको बताए । महाधिवशेन जनतासँग जोडिने मञ्च भएकाले नयाँ नेतृत्व चयन गरेर चुनावमा जानुपर्ने तर्क थापाले...

सबै एजेण्डा सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको छः पूर्णबहादुर खड्का

२०८२ कार्तिक १८ गते १५:४५

काठमाण्डू, १८ कात्तिक– कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र आएका सबै विचारहरुलाई सहमतिमा टुंगो लगाउने प्रयत्न भइरहेको बताएका छन । आज (मंगलबार) देखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकलाई प्रारम्भमा बोल्ने क्रममा कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन । उनले कार्यसम्पादन बैठकमा अनौचारिक छलफल...

जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल

२०८२ कार्तिक १८ गते १५:४१

काठमाण्डू, १८ कात्तिक– नेकपा एकीकृत समाजवादी लगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ । आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका पूर्वउपमहासचिव, जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेको...

सानेपा निरीह छ, पार्टी सिंगापुरबाटै चल्योः जगदिश्वरनरसिंह केसी

२०८२ कार्तिक १८ गते १५:३४

काठमाण्डू, १८ कात्तिक– कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा निरीह बन्न पुगेको बताएका छन । आज (मंगलबार) काठमाण्डूको थापागाउँमा महाधिवेशन पक्षधरले आयोजना गरेको विशेष भेलामा बोल्ने क्रममा कांग्रेस नेता केसीले यस्तो बताएका हुन । नेता केसीले सिंगापुरबाट पार्टी चलेको आरोप समेत लगाए...

हामी माओवादीको दर्ज्यानी चिन्ह मिल्क्याएर आयौंः राम कार्की

२०८२ कार्तिक १८ गते १५:२७

काठमाण्डू, १८ कात्तिक– नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले समाजवादी विचारधार भएकाहरूलाई एकतावद्ध हुन आग्रह गरेका छन । आज (मंगलबार) ललितपुरमा आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा नेता कार्कीले यस्तो आग्रह गरेका हुन । उनले आफूहरूले पार्टीको पदीय भूमिका छाडेर एकतावद्ध हुन खोजेको...

अक्षम नेतृत्वलाई विस्थापित गर्न नसक्दा कम्युनिष्ट आन्दोलन विघटित भयोः राम कार्की

२०८२ कार्तिक १८ गते १५:२३

काठमाण्डू, १८ कात्तिक– नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा पुनः एक पटक नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको दाबी गरेका छन । आज (मंगलबार) नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन...

माओवादी बैठकबाट पार्टी एकताको एजेन्डा पारित

२०८२ कार्तिक १८ गते १५:१८

काठमाण्डू, १८ कात्तिक– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी एजेन्डा पारित गरेको छ । आज (मंगलबार) बसेको बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए । उनले गरेको प्रस्ताव महाधिवेशन आयोजक समिति सदस्यहरूले ताली बजाएर...

पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता

२०८२ कार्तिक १८ गते १५:११

काठमाण्डू, १८ कात्तिक– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो । त्यसक्रमममा उनको नागरिकता पनि जलेको नष्ट भएको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाण्डूमा उपस्थित भएर उनले आज प्रतिलिपी नागरिकता...

माओवादीको महाधिवेशन आयोजक समिति बैठक सुरु

२०८२ कार्तिक १८ गते १४:२६

काठमाण्डू, १८ कात्तिक– नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञाप्रतिष्ठान सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक केहि बेर अधिमात्रै सुरु भएको एक नेताले जानकारी दिए । यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय...

निकोलस भूसाल गोरखाबाट पक्राउ

२०८२ कार्तिक १८ गते १४:१७

काठमाण्डू, १८ कात्तिक– प्रहरीले निकोलस भूसाल पक्राउ गरेको छ । काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनलाई अब प्रहरीले काठमाण्डू ल्याउने तयारी गरेको छ । उनले...

भक्तपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

२०८२ कार्तिक १८ गते १४:१०

काठमाण्डू, १८ कात्तिक– प्रहरीले भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कृत गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका–२ घर भएका युवक रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उनलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।...

शिक्षामन्त्री महावीर पुनले मतदाता नामवलीमा गराए नाम दर्ता

२०८२ कार्तिक १८ गते १४:०६

काठमाण्डू, १८ कात्तिक– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मतदाता नामवलीमा नाम दर्ता गराएका छन । मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन, ‘आम चुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटी नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीहरूलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us