समाचार

सडकमा मागेर हिँडेको देखे तुरुन्त फोन गर्नुस्ः प्रधानमन्त्री

२०७६ वैशाख १५ गते १५:२९

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले...

अब विकासलाई तीब्र पार्नुपर्छः गृहमन्त्री बादल

२०७६ वैशाख १५ गते १५:२४

भोजपुर, १५ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्र विरोधीहरु मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन सलबलाएको आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै उनले पार्टी एकता भएपछि लोकतन्त्रविरोधीहरु छटपटिएको बताए । ‘अबको...

काठमाण्डुमा रेल कुदाउँछु भन्दै चिनियाँ कम्पनीले प्रधानमन्त्रीलाई पत्र पठायो

२०७६ वैशाख १५ गते १४:५४

काठमाण्डु, १५ बैशाख – चिनियाँ कम्पनीले काठमाण्डुमा रेल कुदाउँछु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । लगानी सम्मेलन सकिएको भोलिपल्ट नै १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको हो । लगानी बोर्डको अध्यक्ष समेत...

यो वर्ष वृद्ध भत्ता पाँच हजार बढ्ने

२०७६ वैशाख १५ गते १४:१४

कञ्चनपुर, १५ बैशाख – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् ।  आज कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा उपप्रधान तथा रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक पाँच...

बलात्कार अभियोगमा २० वर्षीय किशोर पक्राउ

२०७६ वैशाख १५ गते १३:३४

बर्दिया, १५ बैशाख – बाँसगढी नगरपालिका–७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सोही नगरपालिका–१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त...

बनेपामा उपयुक्त नभए धुलिखेलमा एयरपोर्ट बन्छः सञ्चारमन्त्री बास्कोटा

२०७६ वैशाख १५ गते १३:१८

बनेपा, १५ बैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउने बारेमा सरकार पछि नहटेको...

नेकपा नेता नेपाल स्वदेश फिर्ता

२०७६ वैशाख १५ गते १३:०५

काठमाण्डु, १५ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को ‘सेकेन्ड बेल्ट एन्ड रोड फोरम फर इन्टनरनेसनल को–अपरेसन’ मा सहभागी हुन बुधबार चीनको बेइजिङ...

कक्षा १२ को परीक्षामा सिसी क्यामरा जडान

२०७६ वैशाख १५ गते १२:४१

भक्तपुर, १५ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद...

सातै प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

२०७६ वैशाख १५ गते १२:३७

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट पपुलिष्ट नबनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको अन्तरपरिषद बैठकमा प्रधानमन्त्री ओलीले दोहोरिने र पपुलिष्ट खालको बजेट नल्याउन भनेका हुन् । ‘जस्तो सुत्केरी भत्ता स्थानीय तहले दिन्छ भने प्रदेशले...

पत्रकारकाे पक्षमा म संसदमा कुरा उठाउँछुः सभापति देउवा

२०७६ वैशाख १५ गते १२:२७

काठमाण्डु, १५ वैशाख – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् । सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसरभित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाएका हुन् । आइतबार नेपाल पत्रकार महासंघको...

धनुषामा एकाबिहानै हावाहुरीले वितण्डा मच्चायो

२०७६ वैशाख १५ गते १२:२६

धनुषा, १५ बैशाख – धनुषामा आइतबार बिहान आएको हावाहुरीले वितण्डा मच्चाएको छ । हावाहुरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल, टहरा, रुख भत्काएको छ । यस्तै ग्रामिण भेगमा बालिनालीलाई समेत क्षति पुर्‍याएको छ । हावाहुरीले एकसय भन्दा बढी बिजुलीको पोल ढालेको छ । विद्युत...

उपत्यकाका यी ठाउँमा खोलिएका टिकट काउन्टर ७ दिनभित्र हटाईँदै

२०७६ वैशाख १५ गते १२:०६

काठमाण्डु, १५ – बैशाख – ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी राखिएका बस टिकट काउन्टर सात दिनभित्र हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका गौशाला, कलंकी, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us