अब विकासलाई तीब्र पार्नुपर्छः गृहमन्त्री बादल

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १५:२४ मा प्रकाशित

भोजपुर, १५ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्र विरोधीहरु मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धी उल्ट्याउन सलबलाएको आरोप लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटन गर्दै उनले पार्टी एकता भएपछि लोकतन्त्रविरोधीहरु छटपटिएको बताए ।

‘अबको लक्ष्य भनेको समाजवाद हो, विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव छ,’ मन्त्री बादलले भने । अहिले पनि अर्बौं खर्बौंको सम्पत्तिका धनी मान्छेहरु भएको तर जनता सँधै गरिब भएकाले विकासलाई तीब्र पार्नुपर्ने मन्त्रीको भनाइ थियो ।

समाजवाद ल्याउन एउटा सशक्त र शक्तिशाली नेतृत्व र संगठन चाहिएकाले पार्टी एकता गरिएको गृहमन्त्री बादलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us