
काठमाण्डु, १५ बैशाख – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फर्किएका छन् ।
चीनको राजधानी बेइजिङमा आयोजित बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को ‘सेकेन्ड बेल्ट एन्ड रोड फोरम फर इन्टनरनेसनल को–अपरेसन’ मा सहभागी हुन बुधबार चीनको बेइजिङ पुगेका नेता नेपाल आइतबार स्वदेश फर्केका हुन् ।
नेता नेपालले सेकेन्ड बेल्ट एन्ड रोड फोरम फर इन्टनरनेसनल को–अपरेसनको कार्यक्रम भव्य र सफल भएको जानकारी दिए ।
नेता नेपालले कार्यक्रमलाई सम्बोधन गर्नुका साथै चीन र विश्वका अन्य विभिन्न मुलुकका नेताहरुसँग आनौपचारिक छलफल समेत गरेको जानकारी दिए ।
उक्त कार्यक्रममा १५० देशका ३७ देशका सरकार तथा राष्ट्रप्रमुखसहित पाँच हजारको सहभागिता रहेको थियो ।