समाचार

सिके राउतले दिए निर्वाचन आयोगमा निवेदन

२०७६ वैशाख १६ गते १३:१९

काठमाण्डु, १६ बैशाख – मधेसमा विखण्डनको अभियान चलाईरहेका डा. सीके राउतले सरकारसँग भएको सम्झौतापछि दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनमत पार्टीको नाममा राउतले आइतबार दल दर्ताको निवेदन दिएका हुन् । दल दर्ताका लागि दिइएको निवेदनमा राउत अध्यक्ष रहने गरी ३५...

श्रममन्त्री बिष्टको परिवारले पिउने पानीमा कसले विष हाल्यो ?

२०७६ वैशाख १६ गते १२:०८

गुल्मी, १६ वैशाख – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको घर–परिवारसहितका गाउँलेले पिउने पानीको ट्याङकीमा विष हालिएको खुलासा भएको छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली बाँझमा रहेको बिष्टको परिवारले प्रयोग गर्दै आएको पानीमा विष हालिएको सूचना बाहिरिएपछि सनसनी मच्चिएको छ । सोमवार...

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२०७६ वैशाख १६ गते १२:०२

सिन्धुली, १६ बैशाख – सुनकोशी गाउँपालिका–६ स्थित बीपी राजमार्गमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्ला कमला नगरपालिका–२ का ३३ वर्षीय राजेशकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ । धनुषाबाट काठमाण्डुतर्फ जाँदै गरेको बा ६० प...

जनप्रतिनिधिले नै लिए सेवाग्राहीसँग घुस

२०७६ वैशाख १६ गते ११:२९

सप्तरी , १६ वैशाख – सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो । मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५,...

लुहारको घरमा आगलागी, सात लाख बढीको क्षति

२०७६ वैशाख १६ गते ११:२८

कञ्चनपुर, १६ बैशाख – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र...

विद्युत् नहुँदा तीन महिनादेखि डोल्पा अन्धकार, जिल्ला अस्पताल मारमा

२०७६ वैशाख १६ गते ११:०९

जाजरकोट , १६ वैशाख – तीन महिनादेखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पामा परेको छ । एक्सरे मेशिन चलाउने विद्युत् नहुँदा जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन समस्या...

राष्ट्रपतिद्वारा चीनको शहीद स्मारकमा पुष्पहार अर्पण

२०७६ वैशाख १६ गते ११:०२

बेइजिङ, १६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,...

उदयपुरमा तीनपुुस्ते वंशभित्र अज्ञात रोग देखियो

२०७६ वैशाख १६ गते १०:५७

गाईघाट, १६ वैशाख – उदयपुरको मध्यपहाडी रौतामाई–६ को नामन्तमा एकैवंशका समाल मगर परिवार नै एउटै किसिमको अज्ञात रोगबाट सिकिस्त बिरामी भएका छन् भने दुईको मृत्यु भइसकेको छ । पाँच वर्षदेखि शरीर काम्ने र हल्लिने हातखुट्टा झमझमाउने रोगबाट ग्रसित हुँदै आएका समाल मगर परिवारमा श्रीमान्...

आजको मौसमः पूर्व र मध्य क्षेत्रमा वर्षा, उपत्यकाको तापक्रम ३१ डिग्री !

२०७६ वैशाख १६ गते १०:५३

काठमाण्डु, १६ बैशाख – उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउँसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् । काठमाण्डुको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाका मौसमविद्...

नेकपा बैठक बालुवाटारमा जारी, यस्ता छन् एजेण्डा

२०७६ वैशाख १६ गते १०:४९

बेइजिङ, १६ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । एकताका बाँकी काम टुंग्याउन सोमबार बालुवाटारमा सचिवालय बैठक बसेको हो । बैठकमा पार्टीको पोलिब्युरो गठन, जिम्मेवारी बाँडफाड र जनवर्गीय संगठनको एकताबारे छलफल भइरहेको छ । बैठकमा अन्य...

कोटेश्वरमा पनि ‘पिक एण्ड ड्रप’ लागू

२०७६ वैशाख १६ गते १०:२६

काठमाण्डु, १६ वैशाख – उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ ।  ट्राफिक प्रहरी, काठमाण्डु महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी...

विप्लवका क्षेत्रीय इञ्चार्ज पक्राउ

२०७६ वैशाख १६ गते १०:१७

बर्दिया, १६ बैशाख – बर्दियाको बाँसगढी नगरपालिकाबाट नेत्रविक्रम चन्द समूहका क्षेत्रीय इञ्जार्च शक्ति भनिने विष्णु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी र ठाकुरबाबा नगरपालिका क्षेत्रका इञ्चार्ज परियारलाई पक्राउ गरी हिरासतमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए । उनलाई चन्दा संकलन गरिरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us