
काठमाण्डु, १६ बैशाख – उपत्यकामा केही दिन यता लगातारजस्तै तापक्रम बढ्दै गएको छ । बिहान र दिउँसो पानी नपरेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् ।
काठमाण्डुको तापक्रम आइतबार यो वर्षको सबैभन्दा धेरै अर्थात ३० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । सोमबार काठमाण्डुको अधिकतम तापक्रम ३१ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् अर्यालको भनाई छ ।
यसैबीच सोमबार देशको पूर्व र मध्य क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन पूर्वको समय भएकाले दिउँसो घाम लाग्ने तर बेलुका मेघगर्जनसहित पानी पर्ने सम्भावना भएको मौसमविद् सुवास रिमालले जानकारी दिए । पूर्वमा भने दिउँसो पनि आशिंक बद्ली हुन सक्ने उनको भनाई छ