जनप्रतिनिधिले नै लिए सेवाग्राहीसँग घुस

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते ११:२९ मा प्रकाशित

सप्तरी , १६ वैशाख – सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् ।

काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार बिहान पक्रेको हो ।

मोही जग्गा सिफारिस गरिदिने नाममा सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग रु २५ हजार लिदैं गरेको अवस्थामा मियाँलाई रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us