बलात्कार अभियोगमा २० वर्षीय किशोर पक्राउ

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १३:३४ मा प्रकाशित

बर्दिया, १५ बैशाख – बाँसगढी नगरपालिका–७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सोही नगरपालिका–१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us