काठमाण्डुमा रेल कुदाउँछु भन्दै चिनियाँ कम्पनीले प्रधानमन्त्रीलाई पत्र पठायो

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १४:५४ मा प्रकाशित

काठमाण्डु, १५ बैशाख – चिनियाँ कम्पनीले काठमाण्डुमा रेल कुदाउँछु भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ ।

लगानी सम्मेलन सकिएको भोलिपल्ट नै १७ चैतमा चिनियाँ कम्पनी बेइजिङ चाइना एयर रेल ग्रुपले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको हो । लगानी बोर्डको अध्यक्ष समेत रहेका प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखिएको पत्रमा उसले काठमाण्डुमा ‘स्काई’ रेल चलाउन इच्छा देखाएको प्रधानमन्त्री कार्यालय श्रोतले बतायो ।

(सीसीएआर) ले २२ अर्ब लागत अनुमानसहित प्रस्ताव पेश गरेको स्रोतले बताएको छ । लगानी बोर्डले पनि प्रधानमन्त्री कार्यालयमार्फत प्रस्ताव प्राप्त भएको पुष्टि गरेको छ । केहि साता अघि प्राप्त प्रस्तावबारे अध्ययन भइरहेको बोर्डले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us