काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आज (आइतबार) जिल्ला अदालत काठमाण्डू न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ दिन म्याद थपको अनुमति दिएको दिपक...
काठमाण्डू, १५ चैत– पूर्वगृहमन्त्री एवं कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखकले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी छन् । उनको रिट दर्ताको प्रक्रियामा रहेको छ । कांग्रेस नेता लेखकसँगै पूर्वप्रधानमन्त्री एवं एमाले केपी शर्मा ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको...
काठमाण्डू, १५ चैत– पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा. मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिएका छन । उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन गर्ने काम अव विभागले गर्छ ।...
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्षकेपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आज दर्ता भएको रिटमाथि...
काठमाण्डू, १५ चैत– निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको सरकारका प्रमुख सिक्योंग पेन्पा छिरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री माननीय बालेन्द्र शाहलाई बधाई व्यक्त गरेका छन । भारतको धर्मशालाबाट सार्वजनिक भएको वक्तव्यमा छिरिङले हालैको जेनजी आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदय हुनुलाई नेपालका जनताको र विशेषगरी...
काठमाण्डू, १५ चैत– विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृतावस्थामा भेटिएकी छन । थिङको शव जिल्लाको मनहरी–७ स्थित कालिका सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत ठूलो खोल्सी क्षेत्रमा शनिबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर...
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसमत चयन भएका छन् । नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । २१ फागुनमा सम्पन्न...
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न म्याद थपको निवेदनमाथि बहस सकिएको छ । आज आइतबार जिल्ला अदालत काठमाण्डूका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासमा म्याद थपबारेको बहस सकिएको हो । उनीहरूलाई १०...
काठमाण्डू, १५ चैत– प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँगको छलफलमा जुटेका छन । उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् । बालेन शुक्रबार प्रधानमन्त्री नियुक्त भएका थिए । सोही दिन उनले पहिलो मन्त्रिपरिषद् बैठक...
काठमाण्डू, १५ चैत– काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने जवाफ दिएका छन । उनले प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाउने समेत बताएका छन । पार्टी...
काठमाण्डू, १५ चैत– सरकारले नागरिकलाई सेवा प्रवाहमा सहजता प्रदान गर्न नागरिकताको प्रतिलिपि र राहदानी जुनसुकै जिल्लाबाट लिन सकिने व्यवस्था गर्ने भएको छ । (शुक्रबार) बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा यो विषयलाई प्राथमिकताका साथ समेटिएको छ । कार्यसूचीको बुँदा...
काठमाण्डू, १५ चैत– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १० दिनको म्याद थप गर्न अदालतले माग गरेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूका प्रमुख रामहरि काफ्लेले १० दिन म्याद थपका लागि दुवै जनालाई अदालतमा पेस गरिएको...