प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

काठमाण्डु टुडे २०८२ चैत १५ गते १५:०६ मा प्रकाशित

काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा सर्वसमत चयन भएका छन् । नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो । संसदीय दलको नेता चयनपछि बैठकमा अहिले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us