एमालेको विरोधपत्र बुझ्दै काठमाण्डूका सीडीओले भने: राजनीतिक विषयमा प्रवेश गर्दैनौं

काठमाण्डु टुडे २०८२ चैत १५ गते १४:३८ मा प्रकाशित

काठमाण्डू, १५ चैत– काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने जवाफ दिएका छन ।

उनले प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाउने समेत बताएका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको थियो ।

सोही कार्यक्रम अनुसार एमालेका नेता रामेश्वर फुयालसहितका नेताहरु आज जिल्ला प्रशासन कार्यालय काठमाण्डूमा पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us