प्रधानमन्त्री बालेनलाई दलाई लामाका सरकार प्रमुख छिरिङले दिए बधाई

काठमाण्डु टुडे २०८२ चैत १५ गते १५:२१ मा प्रकाशित

काठमाण्डू, १५ चैत– निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको सरकारका प्रमुख सिक्योंग पेन्पा छिरिङले नेपालका नवनिर्वाचित प्रधानमन्त्री माननीय बालेन्द्र शाहलाई बधाई व्यक्त गरेका छन ।

भारतको धर्मशालाबाट सार्वजनिक भएको वक्तव्यमा छिरिङले हालैको जेनजी आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा बालेन्द्रको उदय हुनुलाई नेपालका जनताको र विशेषगरी युवा पुस्ताको आकांक्षाको प्रतीक भएको बताएका छन ।

‘नेपालको इतिहासको यस महत्वपूर्ण चरणमा देशको नेतृत्व सम्हाल्दै गर्दा तपाईंको सफलताका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,’छिरिङले भनका छन्,’तपाईंको सक्षम नेतृत्वमा हाम्रो जनताबीचको मैत्री सम्बन्ध अझ सुदृढ हुने विश्वासका साथ, नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढोस् भन्ने हाम्रो अपेक्षा छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us