काठमाण्डू, १५ चैत– पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा. मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिएका छन ।
उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन गर्ने काम अव विभागले गर्छ । त्यसअघि विभागले म्याद थप्न पनि विभागले नै खड्कालाई अदालत लौजाने छ ।
पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।