समाचार

हावाहुरीका कारण झापामा क्षति

२०८१ भदौ २ गते १६:५५

काठमाण्डु,२ भदौ– गएराति आएको हावाहुरीले ठुलो क्षति पुर्‍याएको छ । हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर...

समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित

२०८१ भदौ २ गते १६:४४

काठमाण्डु,२ भदौ– आज (आइतबार) बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ । गत १ साउनमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो । दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय...

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले नियुक्त

२०८१ भदौ २ गते १६:२७

काठमाण्डु,२ भदौ– बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गरेका हुन । प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा...

टीआरसी विधेयक राष्ट्रिय सभामा पेश

२०८१ भदौ २ गते १६:१४

काठमाण्डु,२ भदौ– प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेश भएको छ । आज आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पेश गरेका...

ओलम्पिकमा नजमाउनु भनेर नेपाललाई श्राप परेको छैन: प्रधानमन्त्री ओली

२०८१ भदौ २ गते १६:१०

काठमाण्डु,२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब ओलम्पिकमा पदक जित्न सक्ने खेलाडीहरूको उत्पादनमा जोड दिनुपर्ने बताएका छन । ओलम्पिकमा नेपाल सहभागितामा मात्र सीमित भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाललाई ओलम्पिकमा नजम्न भनेर कुनै श्राप नपरेको बताए । आज आइतबार राजधानीमा आयोजित...

एमाले र कांग्रेस गठबन्धनको सरकार धेरै दिन टिक्दैन: प्रभु साह

२०८१ भदौ २ गते १६:०४

काठमाण्डु,२ भदौ– आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका छन । आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरीतको सीमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय...

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचनलाई थुनामा पठाउने अदालतको आदेश

२०८१ भदौ २ गते १५:३५

काठमाण्डु,२ भदौ– जिल्ला अदालत काठमाण्डुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आज (आइतबार) न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यस अघि शुक्रबार झा...

परराष्ट्रमन्त्री देउवा दिल्ली प्रस्थान

२०८१ भदौ २ गते १४:३२

काठमाण्डु,२ भदौ– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उनी आइतबार दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । उनी परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा उनका...

रमेश खरेलविरुद्ध अख्तियारमा उजुरी

२०८१ भदौ २ गते १४:१६

काठमाण्डु, २ भदौ– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । खरेलविरुद्ध आइतबार सामाजिक अभियन्ता युवराज सफलले उजुरी दर्ता गराएका हुन । अभियन्ता सफलले पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण...

परराष्ट्रमन्त्री राणा भारत जाँदै

२०८१ भदौ २ गते १४:०७

काठमाण्डु,२ भदौ– परराष्ट्रमन्त्री आरजु राणा देउवा आज भारत भ्रमणमा जाँदै छिन् । उनी आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ । उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ । यसबीचमा उनले राजनीतिक...

रोल्पामा पहिरोमा पुरिएर एक जनाको मृत्यु, २ घाइते

२०८१ भदौ २ गते १३:३२

काठमाण्डु, २ भदौ– रोल्पामा निर्माणाधीन चर्चको टहरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । मृत्यु हुनेमा रोल्पा नगरपालिका–१० घर भई सोही चर्चमा बस्दै आएकी धनजिता बुढामगर रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै घाइतेमध्ये एक जनाको अवस्था...

कांग्रेसका मन्त्रीले महिनामा दुईपटक पार्टीसँग बैठक गर्ने

२०८१ भदौ २ गते १२:५३

काठमाण्डु, २ भदौ– कांग्रेसबाट मन्त्री बनेकाहरुसँग महिनाको दुईपटक पार्टीसँग छलफल गर्ने भएको छ । दुई राज्यमन्त्री सहित कांग्रेसका १२ मन्त्री रहेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेस सहभागी भएपछि शनिबार पहिलोपटक पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गरिएको छ । पूर्व...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us