काठमाण्डु, ३ भदौ– उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्दा जनताका अधिकार कटौती नहुने दाबी गरेका छन । श्री नेवास् सम्पर्क समूह रामेछापले काठमाण्डुमामा आज सोमबार गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । सिंहले गत असार १७ गते कांग्रेस–एमालेबीच संविधान...
काठमाण्डु, ३ भदौ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोली मंगलबार प्रदेश सभाबाट विश्वास मत लिदै छन । मंगलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वास मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिहरूले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन । त्यसपछि...
काठमाण्डु, ३ भदौ– गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि कांग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन । आज (सोमबार) काठमाण्डुमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत् साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।...
काठमाण्डु, ३ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज सोमबार वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन । राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, ३ भदौ– परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको जानकारी दिएकी छन । राणाले सोमबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन । उनले भनेकी छन्, ‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न...
काठमाण्डु, ३ भदौ– सुनसरीको गढी गाउँपालिका–२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको प्रहरीले जानकारी दिएको छ । उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनले सिमेन्ट,...
काठमाण्डु, ३ भदौ– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच भेटवार्ता भएको छ । उनीहरुबिच आज सोमबार भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । द्विपक्षीय वार्ताका क्रममा देशको...
काठमाण्डु, ३ भदौ– आज सोमबार सूचनाको हकसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी देशभर १८औँ राष्ट्रिय सूचना दिवस मनाइँदैछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनलाई सरकारले राष्ट्रिय सूचना दिवसका रुपमा मनाइँदै आएको छ । सबै नागरिकलाई सूचना माग गर्ने र प्राप्त गर्ने...
काठमाण्डु, ३ भदौ– नेताहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाण्डुको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । उनी गत १४ साउनमा मण्डिखाटारबाट पक्राउ परेका थिए । खतिवडाले...
काठमाण्डु, ३ भदौ– चितवनको खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवा घर भई हाल चितवनको रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ रहेका छन । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित...
काठमाण्डु, ३ भदौ– आज सोमबार समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिएका छन । मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई...
काठमाण्डु, ३ भदौ– आज सोमबार बिहान ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आगलागी भएको छ । बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ । घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । ललितपुर महानगरपालिकाको दमकलको...