राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज सोमबार वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपति कार्यालयले स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपतिका आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us