परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाण्डु टुडे २०८१ भदौ ३ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच भेटवार्ता भएको छ । उनीहरुबिच आज सोमबार भेटवार्ता भएको हो ।

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय नभएको स्रोतले जानकारी दिएको छ । मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us