काठमाण्डु, ३ भदौ– बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति १ बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिएका छन । पहिरोले पुरिएर...
काठमाण्डु, ३ भदौ– श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइदै छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाण्डुको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको घुईचो...
काठमाण्डु, ३ भदौ– जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको...
काठमाण्डू, ३ भदौ- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा ऋषि तर्पणी पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् ।...
काठमाण्डु, २ भदौ– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सडक आन्दोलनमा जानुपर्ने अवस्था आउने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशनसहितको सर्कुलर जारी गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङद्वारा जारी सर्कुलरमा सुशासनको पक्षमा र प्रतिगमनविरुद्ध सदनमा आवाज उठाउँदा सुनुवाई नभए सडकमा जानुपर्ने...
काठमाण्डु, २ भदौ– प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र भनेको जनताको शासन भएको बताएका छन् । पार्टीनिकट खेलाडीको संस्था नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले लोकतन्त्र छाडा हुन नसक्ने बताए । ओलीले बोलीरहँदा आपराधिक पृष्ठभूमिका गुण्डा नाइके परशुराम बस्नेत उनकै आडमा थिए...
काठमाण्डु,२ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन पार्टीका मन्त्रीहरुलाई निर्देशन दिएका छन् । हिजो शनिबार साँझ आफ्नो निजी निवास बूढानीलकण्ठमा मन्त्रीहरूलाई बोलाएर उनले काम गर्दा समस्या भए प्रधानमन्त्री ओलीलाई गुनासो...
काठमाण्डु,२ भदौ– मेडिकल व्यवसायी दुर्गा प्रसाईँको मेडिकल कलेज बि एण्ड सिको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने माग गर्दै डा. गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । केसीले आइतबार आफै सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन...
काठमाण्डु,२ भदौ– महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–५ लोहारपट्टी बस्ने २४ वर्षीय आरिफ शेखको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बलबा नगरपालिका–११ रौजा बस्ने नुख्तार शेखको साउन्ड सिस्टममा काम गर्ने क्रममा करेन्ट लागेर...
काठमाण्डु,२ भदौ– जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको चन्दननाथ नगरपालिका–२ बस्ने ४० वर्षीय धनसुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ । बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका–१० स्थित ऋणमोक्ष मन्दिर दर्शन...
काठमाण्डु,२ भदौ– प्रहरीले जलेश्वर नगरपालिका–५ बस्ने गफुर राइनसँग अवैध रुपमा रकम माग गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रामगोपालपुर नगरपालिका–५ घर भई जलेश्वरमा डेरा गरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र १९ वर्षीय करण मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका...
काठमाण्डु,२ भदौ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई कारागार चलान गरीएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलाननको आदेश दिएको हो । अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाण्डु एसपी...