बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ ३ गते ११:३७ मा प्रकाशित

काठमाण्डु, ३ भदौ– बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आइतबार राति १ बजे बुङ्गल नगरपालिका–१० स्थित टुमेडामा पहिरोले बीरबहादुर धामीको घर पुर्दा ४ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी रविन्द्र केसीले जानकारी दिएका छन ।

पहिरोले पुरिएर काली धामी, गोल्की धामी, आकृति धामी र लक्ष्मी धामीको शव फेला परेको केसीले जानकारी दिएका छन । घरमा सुतेका १० जनामध्ये ६ जना भागेर बचेका छन् ।

उनीहरु केही समान्य घाइते भएको पनि उनले जानकारी दिएका छन । घटनालगत्तै नजिकको प्रहरी युनिटबाट वुङगलबाट बरिष्ठ सई बीरबहादुर ढगुन्नाको नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

यसैगरी सोमबार बिहान बझाङ जिल्लाका सहायक सीडीओ, डीएसपी फणीन्द्र भण्डारी र रेडक्रसको टोली घटनास्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us