मन्दिर दर्शन गरी फर्कने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २ गते १७:१७ मा प्रकाशित

काठमाण्डु,२ भदौ– जुम्लामा एक जना पुरुषको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाको चन्दननाथ नगरपालिका–२ बस्ने ४० वर्षीय धनसुर बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।

बुढाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो । मुगु छायानाथ नगरपालिका–१० स्थित ऋणमोक्ष मन्दिर दर्शन गरी घर फर्कने क्रममा जुम्ला पातारासी गाउँपालिका–४ भेरीनाकी पाटनस्थितमा चट्याङ लागेर धनसुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us