समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित

काठमाण्डु टुडे २०८१ भदौ २ गते १६:४४ मा प्रकाशित

काठमाण्डु,२ भदौ– आज (आइतबार) बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ । गत १ साउनमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो ।

दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्ने भनिएको थियो । तर सचिवालयका संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको सचिवालय सदस्य तथा माओवादीका महासचिव देव गुरुङले जानकारी दिएका छन । अबउ क्त बैठक सोमबार दिउँसो ३ बजे बस्ने उनले जानकारी दिएका छन ।

उनले भने, ‘प्रकाण्डजी बिरामी भएकाले आज बैठक बस्न सकेन । सोमबार दिउँसो ३ बजे बस्ने भनिएको छ । दस्तावेजले पूर्णता पाएपछि शीर्ष नेताको बैठकमा पेस गरिनेछ ।

सोही दस्तावेज बमोजिम मोर्चाले भागी कार्यक्रम ल्याउनेछ’ सत्ताबाट हटेपछि माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सक्रिय बनाएका छन् । साथै मोर्चा सम्बद्ध दलहरूसँग पार्टी एकताको पहल पनि थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us