समाचार

नेपालगञ्जमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

२०८१ भदौ १३ गते १६:२६

काठमाण्डु, १३ भदौ– बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक...

२२ अर्ब उठाउन प्राधिकरणलाई रोक्ने प्रचण्ड हुन्ः एमाले सांसद बास्कोटा

२०८१ भदौ १३ गते १५:५८

काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले महालेखापरीक्षकको कार्यालयले विद्युत प्राधिकरणको २२ अर्ब बेरुजु उठाउन पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेको आरोप लगाएका छन । आज बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले यस्तो...

दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं: अध्यक्ष प्रचण्ड

२०८१ भदौ १३ गते १५:३१

काठमाण्डु, १३ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन । पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन । उनले सरकारलाई दुई तिहाइको घमण्ड नगर्न समेत आग्रह...

कांग्रेस र एमालेबीच गण्डकीमा ९ मन्त्रालय बनाउने सहमति

२०८१ भदौ १३ गते १५:२०

काठमाण्डु, १३ भदौ– कांग्रेस र एमालेबीच गण्डकी प्रदेशमा ९ मन्त्रालय बनाउन सहमति भएको छ । सहमति अनुसार अब एमालेबाट ४ मन्त्रालय पाउने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या ९ भन्दा नबढाउने भनेपछि त्यति नै कायम गर्ने सहमति भएको...

प्रचण्डलाई गगन थापाको आग्रहः उत्तेजनाको राजनीति नगर्नुस्

२०८१ भदौ १३ गते १५:१४

काठमाण्डु, १३ भदौ– कांग्रेस महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न अनुरोध गरेका छन । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा लिएर कांग्रेस सांसद समेत रहेका थापाले यस्तो बताएका हुन । उनले पूर्वप्रधानमन्त्री भइसकेको...

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप भएको छैन: शिक्षामन्त्री भट्टराई

२०८१ भदौ १३ गते १५:०३

काठमाण्डु, १३ भदौ– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको बताएकी छन । आज बिहिबार संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले यस्तो बताएकी हुन । उनले प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको बताएकी...

माओवादी सांसदहरूको एक स्वर: योगेश भट्टराई हतियार तस्कर हुन्, छानबिन होस्

२०८१ भदौ १३ गते १४:५७

काठमाण्डु, १३ भदौ– आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरूले पूर्व मन्त्री एवं एमाले सांसद योगेश भट्टराईलाई जनयुद्धको समयमा हतियार ओसारपसार गर्ने कार्यमा संलग्न भएको भन्दै छानबिनको गर्न माग गरेका छन । बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद...

कांग्रेस सांसद केसीको प्रश्नः नागरिक उड्ययन र हवाई सेवा छुट्टै बनाउने विधेयक कता पुग्यो ?

२०८१ भदौ १३ गते १४:२०

काठमाण्डु, १३ भदौ– आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्ययन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली जहाज आइकाओ र युरोपियन युनियनको प्रतिबन्धमा पर्नुको...

थापागाउँमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

२०८१ भदौ १३ गते १४:०५

काठमाण्डु, १३ भदौ– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । थापागाउँस्थित अर्पण बैंकेटमा सो पार्टीको प्रथम केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको हो । बैठकमा नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने एकीकृत समाजवादीले जनाएको छ । बिहीबारको...

मुना पाण्डे हत्या प्रकरणमा अमेरिकामा एक व्यक्ति पक्राउ

२०८१ भदौ १३ गते १३:५८

एजेन्सी– अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई नियन्त्रणमा लिएको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर समेत सार्वजनिक गरेका छन । तर बुधबार पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन् कि होइनन् भन्ने चाहिँ...

सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ: शिक्षामन्त्री भट्टराई

२०८१ भदौ १३ गते १३:४०

काठमाण्डु, १३ भदौ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन । आज बिहिबार काठमाण्डुमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले यस्तो बताएकी हुन । उनले सीटीईभीटी सम्बन्धी नीतिलाई नै...

तडकभड नगरी तीज मनाउन काठमाण्डु प्रशासनको आग्रह

२०८१ भदौ १३ गते १३:२६

काठमाण्डु, १३ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डुले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाण्डुले आज बिहिबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न अनुरोध गरेको हो । प्रशासनले सूचनामार्फत् भनेको छ, ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us