कांग्रेस सांसद केसीको प्रश्नः नागरिक उड्ययन र हवाई सेवा छुट्टै बनाउने विधेयक कता पुग्यो ?

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १४:२० मा प्रकाशित

काठमाण्डु, १३ भदौ– आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्ययन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन् ।

बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली जहाज आइकाओ र युरोपियन युनियनको प्रतिबन्धमा पर्नुको कारण के हो भन्दै प्रश्न गरेका छन । उनले प्रश्न गर्दै भने, ‘नेपाली जहाज झण्डै ११ वर्षदेखि इयुको आकाशमा प्रतिबन्धित छन् ।

आइकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?’ सांसद केसीले राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको उनको आरोप लगाएका छन । उनले प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बनेपनि त्यसको कार्यान्वयन नहुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us