नेपालगञ्जमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २६ घाइते

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १६:२६ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक ओली बसका यात्रु हुन् भने भुसाल बसका सहचालक रहेको प्रहरी जानकारी दिएको छ ।

आज दिउँसो नेपालगञ्ज–कोहलपुर सडकखण्डको गनापुर भन्ने स्थानमा भे-१ ख २१२८ नम्बरको बस आफैं अनियन्त्रित भई पल्टिएको थियो । उक्त बस दाङ तुलसीपुरबाट नेपालगञ्ज जाँदै थियो ।

बस पल्टिँदा गुडिरहेको एउटा मोटरसाइकलमा पनि ठोक्किएको थियो । सो दुर्घटनामा २६ जना भएको पनि प्रहरीले जानकारी दिएका छन । घाइतेहरुको उपचार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us