काठमाण्डु, १३ भदौ– जिल्ला प्रशासन कार्यालय काठमाण्डुले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यलय काठमाण्डुले आज बिहिबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
प्रशासनले सूचनामार्फत् भनेको छ, ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ ।’ सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसारकारबाही गर्नेसमेत प्रशासनले जनाएको छ ।