समाचार

ढिस्कोले पुरिएर १४ वर्षीय बालक घाइते

२०८१ असोज १८ गते ११:५३

काठमाण्डु, १८ असोज– काभ्रेको रोशी गाउँपालिका–१० स्थित वाल्टिङमा ढिस्को खस्दा बालक घाइते भएका छन् । भाग्ने क्रममा रामकुमार ठकुरीको छोरा १४ वर्षीय विजय ठकुरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको दुवै हात भाँचिएको इलाका प्रहरी कार्यालय मंगलटारका इनस्पेक्टर कृष्ण गिरीले जानकारी दिएका...

राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेः लोहनी

२०८१ असोज १८ गते ११:५०

काठमाण्डु, १८ असोज– राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको दाबी गरेका छन । अध्यक्ष लिङ्देनले हिजो बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा. धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाएका थिए । राणा बिरामी भएर विदेशमा उपचार...

नारायणघाटदेखि काठमाण्डुसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

२०८१ असोज १८ गते ११:४२

काठमाण्डु, १८ असोज– यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाण्डुसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक लगाइएको छ । विभागले घटस्थापनादेखि कार्तिक १ गतेसम्म ट्रेलर र अन्य ठुला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरीसकेको छ । यात्रुवाहकलाई प्राथमिकता दिनेगरी ठुला सवारी सञ्चालनमा रोक लगाउने...

सिस्नेरीमा हायस दुर्घटना, १५ जना घाइते

२०८१ असोज १८ गते ११:३१

काठमाण्डु, १८ असोज– सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटनामा परेको छ । आज शुक्रबार काठमाण्डुबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परी १५ जना घाइते भएको पनि सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुलाई सिन्धुली...

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता

२०८१ असोज १८ गते ११:०८

काठमाण्डु, १८ असोज– आज शुक्रबार सिंहदरबार धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका बाँकी ३ उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गर्न बोलाइएको थियो । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत नहुने भएको छ । अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक,...

‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ: महासचिव पोखरेल

२०८१ असोज १८ गते ११:०१

काठमाण्डु, १८ असोज– एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर लाग्नु पर्ने बताएका छन । महासचिव पोखरेलले ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै विश्वज्ञान सिद्धान्तको...

बाइस लाख रकमसहित दुई जना पक्राउ

२०८१ असोज १८ गते ९:४२

काठमाण्डु, १८ असोज– प्रहरीले महोत्तरीको दुई दिनयता स्रोत नखुलेको रु २२ लाखसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–४ का २३ वर्षीय ललित महरा र सम्सी गाउँपालिका–६ का ४२ वर्षीय शेष हसमत अली रहेको प्रहरीले जानकारी दिएको छ । मटिहानी नगरपालिका–७...

केराबारीमा डुबेर दुई बालकको मृत्यु

२०८१ असोज १८ गते ९:३१

काठमाण्डु, १८ असोज– मोरङ केराबारीमा खाल्डोमा डुबेर दुई नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेको प्रहरीले जानकारी दिएको छ । मोरङको केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर...

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

२०८१ असोज १८ गते ९:१८

काठमाण्डु, १८ असोज– हवाई सेवा प्रदायक कम्पनीले विमानस्थलमा हवाई यात्रुहरुको चाप अत्यधिक बढेपछि उडान सङ्ख्या थपेका छन् । कम्पनीले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिएका छन । हाल विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय...

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

२०८१ असोज १८ गते ९:०९

काठमाण्डु, १८ असोज– चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका–६ का ३४ बर्षीय जग्दु सिंह रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख डिलबाहादुर पुनमगरले जानकारी दिएका छन । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने...

चितवनमा हात्ती आक्रमणमा जग्दुको मृत्यु, एक जनाले भागेर ज्यान बचाए

२०८१ असोज १८ गते ९:०३

चितवन, १८ असोज– चितवन राष्ट्रिय निकुञ्जमा हात्ती आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा बिहीबार साँझ हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो । खोरसोर नजिकको पुल क्रस गरेर...

पूर्वराजाले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने

२०८१ असोज १८ गते ८:५७

बागलुङ, १८ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वराजाले निर्मला निवासमा टीका लगाइदिने उनको सचिवालयले जनाएको छ । पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us