केराबारीमा डुबेर दुई बालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १८ गते ९:३१ मा प्रकाशित

काठमाण्डु, १८ असोज– मोरङ केराबारीमा खाल्डोमा डुबेर दुई नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेको प्रहरीले जानकारी दिएको छ ।

मोरङको केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ ।

नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको विषयमा प्रहरीले दिउँसो ३ः ४० बजेतिर सूचना पाएको थियो । सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा दुवै जना डुबेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

मृतक बालक भूपेनको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको स्थानीयको आरोप छ । प्रहरीले भने पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us