पूर्वराजाले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने

काठमाण्डु टुडे २०८१ असोज १८ गते ८:५७ मा प्रकाशित

बागलुङ, १८ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्वराजाले निर्मला निवासमा टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।

पूर्वराजाको संवाद सचिवालयले एक सूचना जारी गर्दै शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको दिन अपरान्ह ४ बजे टीका लगाउने तय जनाएको छ ।

संवाद सचिवालयका सचिव फणिन्द्र पाठकले जारी गरेको विज्ञप्तिमा पूर्वराजा शाह र उनकी पत्न कोमल शाहले टीका लगाइदिने उल्लेख छ ।

पूर्वराजा शाह हाल पत्नीसहित भुटान भ्रमणमा छन । उनी आइतबार स्वदेश फर्किने तयारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us