काठमाण्डु, १८ असोज– सिन्धुलीको सिस्नेरीमा हायस दुर्घटनामा परेको छ । आज शुक्रबार काठमाण्डुबाट विराटनगर जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको हायस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परी १५ जना घाइते भएको पनि सिन्धुली प्रहरीले जनाएको छ । उनीहरुलाई सिन्धुली अस्पतालमा सामान्य उपचारपछि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
हायसमा १९ जना सवार रहेको समेत प्रहरीले जानकारी दिएको छ ।