समाचार

राजेन्द्र पाण्डेको प्रश्नः भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्र फेल भएको हो ?

२०८१ कार्तिक १२ गते १४:३२

काठमाण्डु, १२ कात्तिक– नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको दाबी गरेका छन । आज (सोमबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था समितिमा भएको...

बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते

२०८१ कार्तिक १२ गते १४:२७

काठमाण्डु, १२ कात्तिक– बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन ।दुर्घटनामा घाइते हुनेहरूमा जीपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय बीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका...

प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने

२०८१ कार्तिक १२ गते १४:२४

काठमाण्डु, १२ कात्तिक– बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाइ हुने भएको छ । आज (सोमबार) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च...

नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

२०८१ कार्तिक १२ गते १४:०८

काठमाण्डु, १२ कात्तिक– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थीले उत्तीर्ण गरेका छन । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल...

अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छः गृहमन्त्री

२०८१ कार्तिक १२ गते १३:४८

काठमाण्डु, १२ कात्तिक– गृहमन्त्री रमेश लेखकले अख्तियार एन संशोधन विधेयक सरकारको प्राथमिकतामा रहेकबो बताएका छन । आज सोमबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले भने, ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस् भन्ने आग्रह छ...

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिला मृत फेला

२०८१ कार्तिक १२ गते १३:३६

काठमाण्डु, १२ कात्तिक– काठमाण्डुको कीर्तिपुरमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । काठमाण्डुको कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जानकारी...

यो सरकारले भ्रष्टाचारको फाइल अघि बढाउँछ भन्नेमा आशङ्का छ: माओवादी सांसद पाण्डे

२०८१ कार्तिक १२ गते १३:२५

काठमाण्डु, १२ कात्तिक– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले वर्तमान सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको दाबी गरेका छन । आज सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन । पाण्डेले अघिल्लो सरकारले अघि बढाएका भ्रष्टाचारको फाइल यो सरकारले अघि...

लेनदेनको पाँच लाख रुपैयाँ नतिर्दा वीरगन्जका उद्योगी पक्राउ

२०८१ कार्तिक १२ गते १३:१७

काठमाण्डु, १२ कात्तिक– प्रहरीले वीरगन्जका उद्योगी प्रेमकुमार जाटियालाई लेनदेनको पाँच लाख रुपैयाँ नतिर्दा पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको फैसला कार्यान्वयन गर्ने सिलसिलामा जाटियालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन । जाटियालाई प्रहरीले आइतबार दिउँसो वीरगन्जको लिङ्करोडस्थित गरिमा विकास...

तिहारलाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु

२०८१ कार्तिक १२ गते १३:१०

काठमाण्डु, १२ कात्तिक– नेपाल राष्ट्र बैंकले नेपाली हरुको महान पर्व तिहार (धनतेरस) लाई लक्षित गर्दै चाँदीका सिक्का बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । १० ग्राम र २५ ग्रामको चाँदीको सिक्का बिक्रीमा ल्याइएको राष्ट्र बैंकले जनाएको...

स्रोत नखुलेको ५ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

२०८१ कार्तिक १२ गते १२:१२

काठमाण्डु, १२ कात्तिक– प्रहरीले रौतहटबाट स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला ढाका थाना क्षेत्र अन्तर्गत फूलवरीया गाउँका ४८ वर्षीय त्रिभुवन चौधरी रहेको रौतहट प्रहरीले जनाएको छ । आइतबार साँझ सीमावर्ती भारतीय...

पार्टीमा तानाशाही शैलीको प्रतिवाद गरौँ: भीम रावल

२०८१ कार्तिक १२ गते १२:०७

काठमाण्डु, १२ कात्तिक– एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टीभित्रको तानाशाही शैलीको विरोध गर्न सबैलाई आह्वान गरेका छन् । आज सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता रावलले यस्तो आह्वान गरेका हुन । उनले एमालेको जवज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल...

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा नजाने, गृहमन्त्री लेखक सहभागी हुने

२०८१ कार्तिक १२ गते १२:०२

काठमाण्डु, १२ कात्तिक– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी नहुने भएका छन । आज सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । सोही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us