नर्सिङ लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थीले उत्तीर्ण गरेका छन ।

परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र परीक्षा दिएका थिए ।

यसमध्ये ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् । त्यस्तै बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले परीक्षा दिएका थिए। जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।

उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us