यो सरकारले भ्रष्टाचारको फाइल अघि बढाउँछ भन्नेमा आशङ्का छ: माओवादी सांसद पाण्डे

काठमाण्डु टुडे २०८१ कार्तिक १२ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले वर्तमान सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको दाबी गरेका छन । आज सोमबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन ।

पाण्डेले अघिल्लो सरकारले अघि बढाएका भ्रष्टाचारको फाइल यो सरकारले अघि बढाउँछ भन्नेमा आफूलाई आशङ्का लागेको पनि बताएका छन ।

उनले भने, ‘सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका छैनन् । भ्रष्टाचारको फाइल विगतको सरकारले अघि बढाउन खोजेको थियो, त्यो फाइल अख्तियारले अघि बढाउँछ भनेर आशङ्का जनतामा छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us