काठमाण्डु, ५ पुस– आज शुक्रबार मन्त्रिपरिषदको बैठक बस्दै छ । हिजोको लागी तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको स्रोतले जानकारी दिएको छ । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, ५ पुस– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन । आज शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा भौतीकमन्त्री दाहालले यस्तो बताएका हुन । उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल्लो...
चितवन, ५ पुस– प्रहरीले चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तालाई पक्राउ गरको छ । पक्राउ पर्नेमा भरतपुरका दीपक सेढाईं छन् । उनीमाथि युटुबर सन्तोष देउजामाथि कुटपिट गरेको आरोप छ । सेढाईंलाई बिहीबार राति पक्राउ गरिएको चितवन प्रहरीका डीएसपी भेषराज रिजालले बताए ।...
काठमाण्डु, ५ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक बामदेव गौतमलाई तेस्रो वरियतामा राख्नेबारे छलफल सुरु भएको छ । हिजो (बिहीबार) एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल गौतमलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यसक्रममा अध्यक्ष नेपालले गौतमलाई पार्टीमा...
काठमाण्डु, ५ पुस– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय निजी क्षेत्र र उद्यमीलाई नेपालमा सजिलै उपलब्ध हुने लगानीका अवसरबाट लाभ उठाउन आग्रह गरेकी छन् । काठमाण्डु विश्वविद्यालय अन्तर्गतको ‘नेपाल सेन्टर अफ कन्टेम्पोररी स्टडिज’ र भारतको ‘फाउन्डेसन अफ इकोनमिक ग्रोथ एण्ड वेलफेयर’ द्वारा दिल्लीस्थित ‘इण्डिया इन्टरनेश्नल...
काठमाण्डु, ५ पुस– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला ३२ दिनपछि आज (शुक्रबार) खुलेको छ । प्रतिष्ठानमा स्थायी रूपमा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको स्तरवृद्धि र नियमावलीअनुसारको तलबभत्ताको विषयलाई लिएर सुरू भएको आन्दोलन महिना दिनपछि स्थगित भएको हो । आन्दोलनरत शिक्षक तथा कर्मचारीका...
काठमाण्डु, ५ पुस– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङबाट रमाउने समूहले लोडसेडिङको हल्ला फैलाएको दाबी गरेका छन । आज (शुक्रबार) नेपाल पूर्वाधार पत्रकार संघको वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन । उनले प्राविधिक कारणले केही दिनका लागि पिक समयमा...
काठमाण्डु, ५ पुस– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फेरि लोडसेडिङ हुन लागेको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् । पूर्वाधार पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा घिसिङले प्राविधिक समस्याका कारण केही घण्टा बत्ती नआउँदैमा लोडसेडिङ भएको भन्न नमिल्ने तर्क गरे । लोडसेडिङको...
रौतहट, ५ पुस– प्रहरीले रौतहटको गौर नगरपालिका–५ बाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान पक्राउ गरीएको प्रहरीले...
काठमाण्डु, ५ पुस– माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जनयुद्ध शब्दबारे सर्वोच्च अदालतले गरेको फैसलाप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सर्वोच्चको आदेशले लोकतन्त्रको उपहास भएको बताएका छन् । सर्वोच्च अदालतले बिहीबार सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेश दिएको थियो । शर्माले...
काठमाण्डु, ५ पुस– ललितपुर र काठमाण्डुको सीमानास्थित बागमती नदी किनारमा युवकको शव भेटिएको छ । प्रहरीका अनुसार महानगरपालिका–१८ जलविनायकका २४ वर्षीय गौरव थापा मगर मृत अवस्थामा फेला परेका हन् । घटनास्थल र्कीर्तिपुर र ललितपुरको बीचमा पर्छ । घटनाबारे अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरका...
गुल्मी, ५ पुस– जिल्ला प्रशासन कार्यालय गुल्मीको राहदानी शाखामा प्रवेश गरी स्क्यानर फुटाउने कार्यमा संलग्न जिल्लाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापामगरले गृह प्रशासनको आडमा उन्मुक्ति पाएका छन् । थापामगरले आफ्नो पालिकाबाट राहदानी बनाउन आएकाको पहिला पालो आउनुपर्ने भन्दै बिहीबार राहदानी शाखामा रहेको स्क्यानर मेशिन...