युटुबर सन्तोष देउजालाई कुटेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ५ गते १२:५८ मा प्रकाशित

चितवन, ५ पुस– प्रहरीले चितवनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक कार्यकर्तालाई पक्राउ गरको छ ।

पक्राउ पर्नेमा भरतपुरका दीपक सेढाईं छन् । उनीमाथि युटुबर सन्तोष देउजामाथि कुटपिट गरेको आरोप छ । सेढाईंलाई बिहीबार राति पक्राउ गरिएको चितवन प्रहरीका डीएसपी भेषराज रिजालले बताए ।

गत १८ मंसिरमा सहारा चितवन सहकारी ठगीका विषयमा रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि भारतपुर लगिएका बेला भएको प्रदर्शनका क्रममा केही व्यक्तिले देउजालाई लखेटीलखेकी कुटेका थिए ।

देउजाले सेढाईंसहितका व्यक्तिविरुद्ध कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए ।

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको डीएसपी रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us