बजेटमा विकास निर्माणका आयोजना छनोट र विधि परिवर्तन गरौंः भौतिकमन्त्री दाहाल

काठमाण्डु टुडे २०८१ पुष ५ गते १३:१३ मा प्रकाशित

काठमाण्डु, ५ पुस– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आयोजना छनोट र विधि परिवर्तन गर्न आवश्यक रहेको बताएका छन । आज शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा भौतीकमन्त्री दाहालले यस्तो बताएका हुन ।

उनले हालसम्म माथिल्लो तहबाटै योजना छनोट गर्ने गरिएकोमा अब तल्लो तहबाटै योजना छनोट गर्नुपर्नेपनि बताएका छन । उनले माथिल्लो तहबाट आयोजना छनोट गरिने विधिको अन्त्य गर्नुपर्ने पनि उनले बताएका छन ।

मन्त्री दाहालले चालु आर्थिक वर्षको बजेटमाथि प्रश्न गर्दै यही बजेटले विकास निर्माणका काम गर्न नसक्ने पनि बताएका छन । उनले पुलमा मात्रै अघिल्लो सरकारले ६९ लाख बजेट छुट्याएको तर पुलको सख्या ६ सय ५३ रहेको बताएका छन । यो बजेटले पुल बन्न नसक्ने बताए । सरकारले विकास निर्माणमैत्री ऐन बनाउने उनले बताएका छन ।

योजना आयोगले बनाएको योजना बैंकमा भएका आयोजनालाई सरकारले बेवास्ता गरेको भन्दै अब त्यसमा सुधार गर्न आवश्यक रहेको मन्त्री दाहालले बताए । सरकारले पूर्वाधार निर्माणका आयोजनालाई प्राथमिकताका आधारमा छनोट गरी निर्माण कार्य अगाडि बढाउँदा मात्रै निर्माण क्षेत्रका समस्यामा कमी आउने बताएका छन ।

उनले भने, ‘पूर्वाधार निर्माणमा सरकारले योजना आयोगले बनाएको योजना बैंकमार्फत लिएर काम गर्नुपर्ने हो, यसमा सरकारले बेवास्ता गरेको छ, ‘त्यसलाई सुधार गर्न आवश्यक छ ।’

सरकारले बजेटमा आयोजनाहरू ल्याउँदा प्राथमिकताका आधारमा छनोट हुन जरुरी रहेको र आयोजना छनोट हुँदा आयोजनाले मुलुकलाई प्रतिफल दिनुपर्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us