रौतहटबाट जुवातास खेलिरहेको अवस्थामा ४ पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ५ गते १२:२९ मा प्रकाशित

रौतहट, ५ पुस– प्रहरीले रौतहटको गौर नगरपालिका–५ बाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिका–५ स्थित सुरज कुमार घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय जितेन्द्र कुमार कुश्वाह समेत ४ जनालाई शुक्रबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २८ हजार ७ सय १५ रुपैयाँ सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us