समाचार

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

२०८१ पुष ५ गते १६:२३

काठमाण्डु, ५ पुस– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल स्वदेश फिर्ता भएका छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल आज (शुक्रबार) स्वदेश फर्किएका हुन् । सम्मेलनमा दिगो विकासका लक्ष्यहरु, स्रोत...

वर्तमान सरकार जनताको आशा अनुसार चल्न सकेनः कांग्रेस महामन्त्री थापा

२०८१ पुष ५ गते १६:१८

काठमाण्डु, ५ पुस– कांग्रेस महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको स्विकार गरेका छन । आज शुक्रबार काठमाण्डुमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन...

रवि र छविबाहेक १९ जनाविरुद्ध मुद्दा दर्ताका लागि अदालत पुग्यो टोली

२०८१ पुष ५ गते १६:१०

काठमाण्डु, ५ पुस– कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयको टोली १९ जना विरुद्ध मुद्दा दर्ताका लागि जिल्ला अदालत कास्की पुगेको छ । शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको र अभियोग पत्र रुजुको काम चलिरहेको जिल्ला अदालत...

नेपाल विश्वविद्यालयको कुलपतिमा लोहनी

२०८१ पुष ५ गते १५:४३

काठमाण्डु, ५ पुस– नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी ४ वर्षका लागि नियुक्त भएका छन । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले उनलाई कुलपतिको पदमा चयन गरेको गरेको हो । सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित...

जीबीसहित १९ जनाविरुद्ध आजै मुद्दा दर्ता गर्ने तयारी

२०८१ पुष ५ गते १५:२५

काठमाण्डु, ५ पुस– सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित १९ जनाविरुद्ध शुक्रबार (आज) नै कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

अहिलेको सरकारलाई असफल हुने छुट छैनः शेखर कोइराला

२०८१ पुष ५ गते १५:१४

काठमाण्डु, ५ पुस– कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नरहेको बताएका छन । आज (शुक्रबार) सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन । नेता कोइरालाले देउवा...

शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन: कांग्रेस नेता डा. कोइराला

२०८१ पुष ५ गते १४:३३

काठमाण्डु, ५ पुस– कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नरहेको बताएका छन । आज (शुक्रबार) सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन । नेता कोइरालाले देउवा...

जब आर्थिक सम्मेलनमा भारतमा सबैभन्दा चलेको मःम ब्रान्ड सोधियो…

२०८१ पुष ५ गते १४:२८

काठमाण्डु, ५ पुस– छिमेकी देश भारतमा चलिरहेको नेपाल–भारत आर्थिक सम्मेलनमा शुक्रबार दिउँसो नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले स्टार्टअप भन्ने वित्तिकै सूचना प्रविधि क्षेत्रलाई मात्र सोच्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन । त्यही सन्दर्भमा ‘स्ट्रिट फुड’को प्रसङ्‍ग निकाल्दै उनले सोधे, ‘स्ट्रिट फुडमा भारतमा...

मन्त्रिपरिषद् बैठक जारी

२०८१ पुष ५ गते १४:१०

काठमाण्डु, ५ पुस– सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । आजको बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । हिजो बस्ने...

भुटानी शरणार्थी प्रकरणः उच्चले थुनामै पठाएपछि बेचन झा पुगे सर्वोच्च

२०८१ पुष ५ गते १३:४१

काठमाण्डु, ५ पुस– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका बेचन झा सर्वोच्च अदालत पुगेका छन् । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका छन । उच्च अदालतले पुस १ गते उनलाई थुनामा...

दुर्गा प्रसाईंलाई सर्वोच्च उपस्थित गराइयो

२०८१ पुष ५ गते १३:३२

काठमाण्डु, ५ पुस– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत उपस्थित गराइएको छ । दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि आज सर्वोच्च उपस्थित गराइएको हो । उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर...

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर मन्त्रालय तान्ने तयारी

२०८१ पुष ५ गते १३:३२

काठमाण्डु, ५ पुस– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बेठकले उनलाई कार्यकारी निर्देशकबाट हटाउने तयारी भएको ऊर्जा मन्त्रालय श्रोतले जनाएको छ । श्रोतका अनुसार उनलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा तान्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us