अहिलेको सरकारलाई असफल हुने छुट छैनः शेखर कोइराला

काठमाण्डु टुडे २०८१ पुष ५ गते १५:१४ मा प्रकाशित

काठमाण्डु, ५ पुस– कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग आफ्नो कुनै असमझदारी नरहेको बताएका छन ।

आज (शुक्रबार) सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन ।

नेता कोइरालाले देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको बताएका छन । तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको पनि बताएका छन ।

उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे । कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताएका छन ।

फरक प्रसँगमा बोल्दै उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएकोले सरकारले राम्रो काम गर्नुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us