वर्तमान सरकार जनताको आशा अनुसार चल्न सकेनः कांग्रेस महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ पुष ५ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, ५ पुस– कांग्रेस महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको स्विकार गरेका छन । आज शुक्रबार काठमाण्डुमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको स्विकार गरेका हुन । महामन्त्री थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने बताएका छन ।

रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस विषयमा आफूले कुनै टिका टिप्पणी नगर्ने उनले बताए । त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेस पार्टीका नेताहरूको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us