समाचार

ताली बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँ: प्रधानमन्त्री ओली

२०८१ पुष ६ गते १६:०९

काठमाण्डु, ६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ताली बजाउन नभई काम गरेर परिणाम निकाल्नका लागि सरकारको नेतृत्व गरेको बताएका छन । आज (शनिबार) विश्व ध्यान दिवसको अवसरमा काठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...

कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्ः बाबुराम भट्टराई

२०८१ पुष ६ गते १५:२२

काठमाण्डु, ६ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन । आज (शनिबार) जनकपुरधाममा नेसपाको मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन । उनले...

एमाले नेता ज्ञवाली अचानक दिल्लीमा

२०८१ पुष ६ गते १५:१५

काठमाण्डु, ६ पुस– परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा रहेको बेला पूर्व परराष्ट्रमन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि अचानक भारतको दिल्ली पुगेका छन् । भारतस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्री आरजु राणा देउवाका लागि आयोजना गरिएको रात्रीभोजमा उपमहासचिव ज्ञवालीले पनि सहभागी भएका छन...

थुनुवालाई छुटाइदिने भन्दै रकम असुल्ने ३ जना पक्राउ

२०८१ पुष ६ गते १४:४३

काठमाण्डु, ६ पुस– कैलालीबाट प्रहरीले लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा तीन जनालाई...

एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुरमा

२०८१ पुष ६ गते १४:२६

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु काठमाण्डुको कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा पुगेका छन । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक...

एनपीएलः सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य

२०८१ पुष ६ गते १४:१९

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनवपीएल) क्रिकेट अन्तर्गत आज शनिबार भईरहेको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । सैफ अली जैबले ६९ रन बनाएपछि सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिन सफल भएको हो । ओपनर...

विश्व शान्तिका लागि योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छः प्रधानमन्त्री ओली

२०८१ पुष ६ गते १४:१२

काठमाण्डु, ६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन । आज शनिबार विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा सैनिक मञ्च–टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन...

सुदूपश्चिमले लगातार दोस्रो विकेट गुमायो

२०८१ पुष ६ गते १३:३९

काठमाण्डु, ६ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ । विनोद भण्डारी ४१ रन बनाउँदै पभेलियन फर्किएका हुन् ।जनकपुर बोल्ट्सका ललित राजवंशलीले विकेट लिन सफल भए । १२.२ ओभरमा २ विकेटको क्षतिमा ११७ रन...

कारभित्र एकजना मृत फेला, घटना शंकास्पद

२०८१ पुष ६ गते १२:५४

काठमाण्डु, ६ पुस– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–११ मा कारभित्र एकजना मृत अवस्थामा भेटिएका छन । बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ । मृतकको पहिचान हुन सकेको छैन । स्थानीयले ती व्यक्तिलाई...

एनपीएल उपाधि भिडन्त हेर्न टीयू ग्राउन्डमा दर्शक खचाखच

२०८१ पुष ६ गते १२:३९

काठमाण्डु, ६ पुस– काठमाण्डुको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आज फाइनल खेल हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस्‌ भिड्दैछन् । फाइनल खेल हेर्न बिहानैदेखि टीयू क्रिकेट मैदानमा दर्शकको भिड लागेको छ । दुवैतर्फकका टिम समर्थकले आआफ्ना टिमको समर्थनमा...

वृद्धको हत्या गरी नगद र गरगहना लुटपाट

२०८१ पुष ६ गते १०:०४

महोत्तरी, ६ पुस– महोत्तरीमा शनिबार बिहान एक वृद्धको हत्या भएको छ । डाँका समूहले शनिबार बिहान करिब ४ बजेतिर जिल्लाको मनवरासिसवा नगरपालिका–४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ । करिब ७ जनाको संख्ष्यामा रहेको डाँका समूहले लुटपाटपछि झाको हत्या गरेको...

प्रधानमन्त्रीको सचिवालय मिडिया ट्रालयमा, आरजुलाई दिल्लीले देखायो ‘रातो बत्ती’

२०८१ पुष ६ गते ९:५८

काठमाण्डु, ६ पुस– हाल भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय राजनीतिक नेतृत्वसँग भेटभाट नगर्ने भएकी छन् । राणाको अथक प्रयासका बाबजुद भारतीय नेतृत्वले उनलाई भेट्न नचाहेको हो । जर्मनीको राजधानी बर्लिनबाट राणा बिहीबार दिल्ली उत्रिएकी थिइन् । उनलाई स्वागत गर्न भारतीय अधिकारीहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us